बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सभाको आजको बैठकमा विश्वास मत प्रस्ताव पेस गरेका छन्।
नेपाली कांग्रेसका संसदीय दल नेता बानियाँ नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
बानियाँलाई विश्वास मत दिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्। बानियाँ कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। बागमती प्रदेश सभा ११० सदस्यीय छ।
यसअघि बागमतीमा कांग्रेसकै बहादुर सिं लामा तामाङ मुख्यमन्त्री थिए। उनले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।