बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्।
बानियाले मंगलबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको छ।
प्रस्तावको विपक्षमा २२ मत र तटस्थमा ७ मत परेको छ।
बागमती प्रदेश सभा ११० सदस्य भए पनि आजको बैठकमा ९२ जना उपस्थित भएका थिए।
मुख्यमन्त्रीले आफूमाथि विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त संख्या प्रदेश सभाको बहुमत भएको सभामुखले घोषणा गरेका थिए।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री बनेका थिए।