विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरूलाई दुई दिनको समय दिइएको छ।
समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो।
विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ।
सांसदहरूले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरूप कम्तीमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन।
विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ। —न्युज एजेन्सी नेपाल