राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भारतबाट गाडी चोरेर बिक्री गर्नेको सन्तान भएको आरोप लगाएका छन्।
निवास भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंले चैत १५ गते राप्रपाले आफूलाई धोका दिएको पनि बताए।
‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने- यो त बैंक ठग हो हजुर, बैंक ठग भन्थे। उसलाई भनिदिनू- १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं,’ प्रसाईंले भने, ‘तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्ने सन्तान म होइन। गाडी चोरेर ल्याएर काटेर भात खाने म होइन।’
उनले चैत १५ गते राप्रपाले धोका दिएको उल्लेख गर्दै भने, ‘मलाई १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मानिस हुँ।’
यो पनि: दुर्गा प्रसाईंले खोले पार्टी, छोडे राजा ल्याउने एजेन्डा