नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्।
शनिबार न्युज एजेन्सीसँग कुराकानी गर्दै सापकोटाले सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको उनको आरोप लगाएका हुन्।
'राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको छ,' उनले भने।
विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको आरोप लगाए।
'प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउन अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ। त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो,’ उनले भने।
यसलाई गैरसंसदीय प्रक्रिया भएको उनले जिकिर गरे। —न्युज एजेन्सी नेपाल