ललितपुरको चाँगाथलीमा ट्यांकरले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ।
शनिबार महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित सडकमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्यांकरले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको २ वर्षीय छोरा प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।