तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको जेठ १०, ११ र १२ गते सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
सोमबार सम्पन्न मतगणनापछि विभिन्न पदका निर्वाचित उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो।
अध्यक्ष पदमा धनमान गुरुङ २४५ मत प्राप्त गरी विजयी भएको छ। उनका प्रतिस्पर्धी रनबहादुर (आर. बी.) गुरुङले १३८ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर गुरुङ १८४ मत ल्याएर विजयी भएका हुन्।
उपाध्यक्ष पदमा श्रीप्रसाद गुरुङ, नरबहादुर गुरुङ, डी.बी. (दिल) गुरुङ, मनोज गुरुङ, विमला गुरुङ, केशरमान गुरुङ र देवकुमारी गुरुङ निर्वाचित भएका छन्।
महासचिवमा अधिवक्ता राजु गुरुङ, सहमहासचिव गोपाल गुरुङ, उपमहासचिवमा विष्णुमाया गुरुङ निर्विरोध भए।
त्यस्तै सचिवमा कमला गुरुङ महिलातर्फबाट निर्विरोध भइन्।
यस्तै सचिवमै मिलन कुमार गुरुङ, लोकबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा इञ्जिनियर गंगाबहादुर गुरुङ, सह–कोषाध्यक्षमा टिकाराम गुरुङ चयन भएका छन्।
त्यस्तै अन्य पदमा पनि पदाधिकारीहरू चयन भएका छन्।