विराटनगर महानगरपालिका–१२ मा केसलिया खोलाको पानी बस्तीमा पसेको छ।
बाढीको पानी 'ओभरफ्लो' भएर बस्तीमा पसेको विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनाएको छ ।
बाढीले केशलिया किनारको डिल कटान गरेर बस्तीतर्फ पानी पस्दा कम्तिमा १ सय ४५ घर परिवार डुबानबाट प्रत्यक्ष प्रभावित भएको नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए।
कटान भएको स्थानमा अहिले बाँसको अस्थायी बेरा लगाएर बाढी रोक्ने प्रयास भइरहेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय मिलेर बाँध बनाउने काम भइरहेको छ।
स्थानीयका अनुसार शनिबार बिहान १० बजेपछि खोलामा पानीको सतह अचानक बढेको थियो।
-ink-1748685520.jpeg)
-ink-1748685519.jpeg)
-ink-1748685519.jpeg)