बागमती नदीले अघिल्लो वर्खामा राजधानीमा ठूलो क्षति पुर्यायो।
लगातार वर्षा हुँदा नदीमा पानीको बहाब बढेर तटीय क्षेत्र डुबानमा पर्यो। बल्खु, थापाथली, युएन पार्क क्षेत्रमा पानीको बहाब सडकसम्म पुगेको थियो।
बर्खामा बागमती बढ्ने र तटीय क्षेत्रमा डुबानमा पर्ने बर्सेनिको घटना हुन्।
यसपालि भने काठमाडौं महानगरपालिकाले पूर्वतयारी थालेको छ।
बागमतीमा जलसतह नबढ्दै महानगरले डोजर लगाएर पानीको बहाबलाई अवरोध पुर्याउने माटोका ढिस्का तथा फोहरहरू हटाउन थालेको छ।
मंगलबार बिहान बल्खु क्षेत्रमा नदीबाट डोजरले माटो र फोहोर निकालिरहेको थियो। सामान्य वर्षामा पनि पानीको सतह बढेर किनारासम्म नपुगोस् भन्नका लागि नदी खोतलेर केही गहिरो पार्ने काम पनि भइरहेको छ।
बागमतीमा मात्रै होइन काठमाडौंभित्र रहेका अन्य नदिनालामा पनि यसरी नै काम भइरहेको छ।
तस्बिरहरू:
-1750137003.jpeg)
-1750137003.jpeg)
-1750137002.jpeg)
-1750137002.jpeg)
-1750136999.jpeg)
-1750136999.jpeg)
-1750137001.jpeg)
-1750137001.jpeg)
-1750136999.jpeg)
-1750136999.jpeg)
-1750136997.jpeg)
-1750136997.jpeg)
-1750136995.jpeg)
-1750136994.jpeg)
-1750136996.jpeg)
-1750136996.jpeg)
-1750136995.jpeg)
-1750136993.jpeg)
-1750136993.jpeg)
-1750136992.jpeg)
-1750136992.jpeg)
-1750136991.jpeg)
-1750136991.jpeg)
-1750136990.jpeg)
-1750136990.jpeg)