दाङको दंगीशरणको रहरपुरमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।
दंगीशरण गाउँपालिका–१ रहरपुरका २५ वर्षीय प्रहरी जवान शिवन चौधरी र सोही ठाउँ निवासी १८ वर्षीय क्षितिज चौधरी घाइते भएका छन्।
प्रहरी चौकी हिवुवा काभ्रेमा दरबन्दी भई प्रहरी चौधरी रोसी काभ्रेमा कार्यरत शिवन चौधरी घर बिदामा आएको समयमा घरासयी कामका लागि ट्याक्टरमा चढेको बेला दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परेको ट्याक्टर शिवनका काकाको हो। घाइते दुबै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ।
दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। शिवजनको दायाँ खुट्टा र क्षितिज चौधरीको खुट्टा र अनुहारमा चोट लागेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहीबार दिउँसो साढे ३ बजेतिर दंगीशरण–१ को बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनापछि ट्याक्टरले दुबै जनालाई च्यापेको थियो।
दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी गोल्टाकुरीका प्रमुख प्रहरी सहायक निरीक्षक कन्हैयालाल चौधरी र प्रहरी चौधरी बागरका ट्राफिक प्रहरी वरिष्ठ हवल्दार निमबहादुर सुनार सहितको टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उपचारका लागि तुलसीपुर पठाएको थियो।
ट्याक्टर धनी तथा चालक स्थानीय ३१ वर्षीय रामबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।