तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो।
ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।
उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।