काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई थप दुई दिन हिरासतमा राख्न म्याद थप भएको छ।
सानुभाइ भनिने युवराज गुरूङको समूहसँग झडप गरेको आरोपमा शनिबार पक्राउ परेका उनलाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको हो।
ठमेलको नगरकोट दोहोरी साँझमा उनको र सानुभाइको पक्षबीच साउन १४ गते झडप भएको थियो।
प्रहरीले घटनास्थलबाट सुरूमा सानुभाइसहित तीन जनालाई पक्राउ गरेको थियो।
राजेन्द्रको पक्षबाट प्रहरीले रविन्द्र गुरूङ र दिलकुमार गुरूङलाई पक्राउ गरेको थियो। तर सानुभाइ पक्षका व्यक्तिहरू फरार भएका थिए।
२०८० असार १५ मा क्लबमा सानुभाइले सञ्चालक गुरूङमाथि कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले सानुभाइलाई पक्राउ गरेको थियो। तर पछि उनी धरौटीमा छुटेका थिए।
यही विषयमा झडप भएको खुलेसँगै प्रहरीले सञ्चालक गुरूङलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।