राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन्।
सोमबार प्रथम महिला सविता पौडेलसहित बसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार संग्रहालयको पनि अवलोकन गरे।
राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल लगायतले स्वागत गरे।
सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोक लगायतका स्थानको अवलोकन गरे।—न्युज एजेन्सी नेपाल
-1754307578.jpg)

-1754307576.jpg)
-1754307576.jpg)
-1754307572.jpg)
-1754307575.jpg)
-1754307571.jpg)
-1754307571.jpg)
-1754307571.jpg)
-1754307574.jpg)