अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ।
राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडक खण्ड अन्तर्गत् सल्यानको कपुरकोट गाउँपालिका–३ मा बिहान ५ बजेतिर झरेको पहिरोको कारण सडक खण्ड अवरूद्ध भएको हो।
पहिरो झरेको स्थाननजिकै एउटा टिपर पनि बिग्रिएर थन्किएको हुँदा सडक सञ्चालन गराउन अझै केही समय लाग्ने डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले बताए।
सडक खण्डमा झरेको पहिरो पन्छाउनका लागि जेसिबी पठाइसकिएको उनले जानकारी दिए। पहिरोका कारण गन्तव्यमा जान हिँडेका सवारी साधन बीचमा रोकिएका छन्।
वर्षा जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ।