पोखराको लेकसाइडबाट मंगलबार शर्मिला वाइबा पक्राउ परेकी छन्।
लेकसाइडको एउटा होटलबाट उनलाई पक्राउ गरी मंगलबार नै काठमाडौं पठाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।
‘साइबर ब्युरोले शर्मिला वाइबालाई पक्राउ गरेर काठमाडौं पठाउन पत्र पठाएको थियो, हामीले सोही बमोजिम उहाँलाई पक्राउ गरी आज काठमाडौं पठायौं,’ डिएसपी बस्नेतले भने।
साइबर अपराधमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।