नेपाल प्रहरीले २० जना प्रहरी उपरीक्षक (एसपी) र ४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ।
मंगलबार प्रहरी प्रधान कार्यालयले एकसाथ सरूवा सूची निकालेको हो।
प्रधान कार्यालयले हालै बढुवामा परेका ११ जना एसपीलाई पदस्थापन गरिएको हो। त्यसबाहेक ९ जनालाई सरूवा गरेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँमा टेकबहादुर कार्की क्षेत्री, धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाईं र बर्दियामा सरोज पौडेललाई पठाइएको छ।
त्यस्तै डिएसपी तर्फ पनि ४१ जनाको सरूवा गरेको हो। कतिपय ठाउँमा प्रमुख समेत फेरिएका छन्।
हेर्नस् सूची: