अछाममा घर नजिकै बारीमा बाख्रा चराउन गएका एक किशोर बँदेलको आक्रमणमा परी घाइते भएका छन्।
साँफेबगर नगरपालिका–१०, घुघुरकोटका १६ वर्षीय शिव महता जंगली बँदेलको आक्रमणबाट घाइते भएका हुन्।
शिवको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा बँदेलको आक्रमणबाट गहिरो घाउ खत लागेको छ।
घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
बुधबार दिउँसो १ बजेतिर घरनजिकै बारीमा बाख्रा चराउन गएको समयमा जंगली बँदेलले शिवमाथि आक्रमण गरेको थियो।
घाइते शिवको उपचार न्याय हेल्थ अस्पताल बयलपाटामा भइरहेको छ।