नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको खुलातर्फ महिला सिंगल्समा बिहीबार पहिलो भएकी छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा पाँचपटककी राष्ट्रिय च्याम्पियन नविताले सीसीआरसीकी सोनु थापा मगरलाई ११–९, ११–४, ११–४ र १३–११ को सोझो सेटमा पराजित गरिन्। त्रिभूवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाउनु पर्यो।
पुरुष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठले नेपाल एपीएफ क्लबका चन्दन शाहीलाई ११–५, ११–६, १२–१० र ११–५, एपीएफका पुरुषोत्तम वज्राचार्यले आर्मीका टेन्डी शेर्पालाई ११–७, ११–२, ७–११, ११–९, ९–११ र ११–५ तथा प्रहरीका दीप साउनले आर्मीका प्रज्ज्वल श्रेष्ठलाई ११–४, १३–११, ११–७ र १३–११ को सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे। प्रहरीका राकेश महर्जन र एपीएफका अमरलाल मल्लबीचको क्वाटरफाइनल हुन बाँकी छ।
स्कुलतर्फ ब्वाइज टिम इभेन्टको उपाधि आदर्श विद्या मन्दिर (एभीएम) ले जित्यो। फाइनलमा एभीएमले प्रोक्सिमालाई ३–० ले पाखा लगायो। माउन्ट भ्याली र पुष्पसदन तेश्रो बने।