नर्वेको राजधानी ओस्लामा सम्पन्न नर्वे कप फुटबलमा ३ जीत र २ हार निकालेको जुनियर नेपाली छात्र टोली स्वदेश फर्केको छ। उनीहरुलाई जेएफएका अध्यक्ष रिजन खड्काले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्वका जुनियर फुटबलरलाई मध्यनजर गरेर आयोजना गरिएको नर्वे कपमा विभिन्न विद्यालय खेलाडी सम्मेलित टिमले यू–१३ र यू–१६ उमेरसमूहमा सहभागिता जनाएको थिए। प्रतियोगिता गत जुलाई २८ देखि ५ अगस्टसम्म भएको थियो।
टोलीका मुख्य प्रशिक्षकसमेत रहेका जुनियर फुटबल एकेडेमीका संस्थापक प्रज्वल प्रतिप क्षत्रीले भने ‘हाम्रो र अन्य देशका जुनियर फुटबलरले खेल्ने शैली खासै फरक छैन्। तर, हामी फिजिकल रुपमा निकै कमजोर छौँ। त्यसैले हामीले लिग चरण पार गर्न सकेनौँ।’
सेभेन ‘ए’ साइडमा खेलाइएको नर्वेकपमा कुल ७९ राष्ट्रका खेलाडी, प्रशिक्षक र अफिसियल गरी ४५ हजारको सहभागिता रहेको प्रशिक्षक क्षत्रीले बताए। टोलीको सहायक प्रशिक्षकहरु अमित खड्का र प्रमोद पाण्डे तथा टीम व्यवस्थापकमा सुमन तिमल्सिनाको सहभागिता रहेको थियो।