नेपाल सितोरियो कराते संघले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएको छ।
ललितपुरमा हुने प्रतियोगिता आगामी चैत २४, २५ र २६ गते हुनेछ।
नेपाल कराते महासंघको सहयोगमा नेपाल लोकतान्त्रिक खेलकुद तथा जिल्ला प्रमुख डोजो ललिपुर र लगनखेलको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।
नेपाल सितोरियो कराते संघले गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने जानकारी दिए।
प्रतियोगिताका सह-संयोजक विनोद महर्जनले प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहमागिता रहने जानकारी दिए।
महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरि महिला १ सय र पुरूष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको अनुमानित खर्च ४० लाख ३ सय ८० रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेर बहादुरले गर्नेछन्।
नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले राष्ट्रिय प्रतियोगितालाई एसियाली खेलकुदको प्रारम्भिक छनोटको आधार प्रतियोगितालाई बनाइएको बताए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले आफ्नो पृष्ठभूमी पनि करातेनै रहेकोले यो खेलको विकासका लागि आफ्नोतर्फबाट पूरा सहयोग रहने बताए।
प्रतियोगितालाई आगामी सेप्टेम्बरमा चिनमा हुने १९ औं संस्करणको एशियाली खेलकुदमा सहभागिता र त्यसको प्रारम्भिक तयारीको रुपमा लिइएको संयोजक रवि महर्जनले बताए।
जिल्ला प्रमुख डोजो ललिपतुर लगनखेलका अध्यक्ष समेत रहेका आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले प्रतियोगिताबाट खेलाडीको अहिलेको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए।
एसियाली खेलकुदका लागि अन्य देश धेरै अघिबाट तयारी सुरु गरेको अवस्थामा नेपालले कुनै तयारीको सुरूवात पनि गर्न नसकेमा दुःख व्यक्त गरे।
सोही अवसरमा संयोजक रवि महर्जनलाई प्रतियोगिताको सह संयोजकको जिम्मेवारीको पत्र विनोद महर्जनलाई हस्तान्तरण गरेका थिए।