कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न बैंकलाई पत्राचार गरेको छ।
सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सदस्य सचिव हङ्शराज वाग्लेलाई वैशाख १७ मा स्पष्टीकरण सोधेका थिए।
स्पष्टीकरण सोधेको भोलिपल्ट वैशाख १९ मा प्रभु बैंकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको हो।
वैशाख १४ देखि १६ सम्म झापाको दमकमा आयोजना भएको प्रदेश स्तरीय मुख्यमन्त्री पुरूष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम नलेखेको भन्दै स्पष्टीकरण बुझाउन मन्त्रालयले वाग्लेलाई पत्र काटेको थियो।
तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त वाग्ले नेकपा एकीकृत समाजवादीको कोटाका हुन्।
अहिले प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय नेकपा एमालेको नेतृत्वमा छ।