स्पेनिस टेनिस खेलाडी कार्लोस अल्कारेजले विम्बल्डन टेनिस २०२३ को पुरुष एकलतर्फको उपाधि जितेका छन्।
विश्व नम्बर एक अल्कारेजले अल इंग्ल्यान्ड कोर्टमा आइतबार राति सर्वियन टेनिस स्टार नोभाक जोकोभिचलाई ३-२ को सेटमा पराजित गरे।
पहिलो सेट १-६ ले गुमाएका अल्कारेजले त्यसपछि ७–६ (८/६) र ६–१ ले सेट जितेर २-१ को अग्रता लिए।
तर चौथो सेट उनले जोकोभिचलाई ३–६ ले सुम्पिए। निर्णायक पाँचौ सेटमा ६–४ को जित निकाल्दै अल्कारेजले उपाधि जित्न सफल भए।
अल्कारेज पहिलो विम्बल्डनको उपाधि जित्न सफल भएका हुन्। उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। गत वर्ष युएस ओपनको उपाधि जितेका उनले नम्बर एक वरीयता प्राप्त गरेका थिए।
२० वर्षीय अल्कारेज आधुनिक समयको टेनिसमा विम्बल्डन जित्ने तेस्रो कान्छा खेलाडी बन। सन् १९८५ मा १७ वर्षीय बोरिस बेकर र सन् १९७६ मा २० वर्षीय ब्योन बर्गले विम्बल्डन जितेर इतिहास बनाएका थिए।
यता पराजयसँगै ३६ वर्षीय जोकोभिचको कीर्तिमान बनाउने लक्ष्य भने पूरा भएन। २३ ग्रान्डस्लाम उपाधि जितिसकेका जोकोभिचले २४औं उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ।