अमेरिकी किशोरी कोको गउफले युएस ओपनको फाइनलमा आर्यना साबालेन्कालाई पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेर इतिहास बनाएका छिन्।
छैटौं वरीयता प्राप्त गउफले घरेलु मैदानमा राम्रो सुरूवात भने गर्न सकिनन्। बिस्तारै लयमा फर्किएकी उनले न्यूयोर्कमा दोस्रो वरीयताकी बेलारुसकी साबालेन्कालाई पराजित सफल भइन्।
उनले पहिलो सेट ६-२ लले साबालेन्कालाई सुम्पिएकी थिइन्। तर दोस्रो सेटमा उनले ६-३ को जित निकाल्न सफल भइन्। निर्णायक तेस्रो सेटमा उनले ६-२ ले विजयी भएसँगै पहिलो मुख्य उपाधि उचालिन्।
१९ वर्षीय गफले जिपछि आफ्नो मुख्य उपाधि जित्ने सपना पूरा भएको बताइन्। उनले भनिन् ‘म यस क्षणको लागि आभारी छु। मसँग कुनै शब्दहरू छैनन्।’
यसअघि उनले सन् २०२२ को फ्रेञ्च ओपनको फाइनलमा पराजय भोग्न परेको थियो।
अष्ट्रेलियन ओपन च्याम्पियन सबालेन्काले भने दोस्रो ठूलो उपाधिका लागि केही सम कुर्नुपर्ने भएको छ। २५ वर्षीया साबालेन्का फाइनल हारे पनि विश्व वरीयताको नम्बर एकमा पुग्नेछिन्।