लुम्बिनी प्रदेशस्तरीय दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको सहयोग आगामी जेठ २९ गतेदेखि भुमहीमा हुने लागेको हो।
प्रदेश सरकारको सहयोगमा आयोजना हुने प्रतियोगितामा टोलीगत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम टोलीलाई ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, दोस्रोलाई सिल्भर मेडल र प्रमाणपत्र तथा तेस्रोलाई कास्य मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष टपन केवटले बताए।
त्यसैगरी, उत्कृष्ट क्यारुगी खेलाडी तथा अनुशासित खेलाडीलाई विशेष आकर्षक पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ।
भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने जेठ ३१ गते सम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरूष तथा महिला गरी ४०० बढी खेलाडी सहभागी हुने क्लबका उपाध्यक्ष विशाल पौडेलले बताए।