एउटा उत्कृष्ट फाइनलमा साविक विजेता कार्लोस अल्कारेजले उत्कृष्ट पुनरामगन गरेर फ्रेन्च ओपन पुरुष एकलको उपाधि रक्षा गरेक छन्।
विश्व नम्बर एक यानिक सिनरविरुद्ध दुई सेटले पछि परेको स्थिति उल्टाएर उनले उपाधि जितेका हुन्।
उत्कृष्ट पुनरागमन गर्दै अल्कारेजले क्ले कोर्टमा आफ्नो उत्कृष्ट खेल प्रमाणित गरे।
खेलको सुरुवाती दुई सेटमा सिनर पूर्ण रूपमा हावी भएका थिए। पहिलो दुई सेट क्रमशः ६-४ र ७-६ (७-४) ले जितेर उपाधितर्फ अघि बढेका थिए।
चौथो सेटमा जब सिनर ५-३ को अग्रतामा थिए, सबैलाई लागेको थियो कि अल्कारेजलाई हराएर सिनरले उपाधि जित्ने पक्का जस्तै भयो।
तर, २२ वर्षीय स्पेनिस खेलाडी अल्कारेजले हार मानेनन्। उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो र चौथो सेट जितेर पाँचौ तथा निर्णायक सेटमा पुर्याए।
पाँच घण्टा २९ मिनेटसम्म चलेको यो म्याराथन फाइनल फ्रेन्च ओपनको इतिहासकै सबैभन्दा लामो फाइनल बन्न पुग्यो। यो अविस्मरणीय खेल ४-६, ६-७ (४-७), ६-४, ७-६ (७-३), ७-६ (१०-२) को सेटमा जितेर अल्कारेजले इतिहास कोर्न सफल भए।