एसिया कपअन्तर्गत फाइनलमा भारतविरुद्ध पहिले ब्याटिङ सुरु गरेको श्रीलंकाले खराब सुरुवात गरेको छ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभर सकिदा पाँच विकेट गुमाइसकेको थियो। पाँच विकेट गुमाउदा भारतले १२ रन जोडेको थियो।
श्रीलंकाले चौथो ओभरमै चार विकेट गुमाएको थियो। चौथो ओभरमा भारतका मोहमद सिरिजले चार विकेट लिए।
सिराजले पहिलो बलमा पाथुन निशंकालाई २ रनमा जडेजाबाट क्याच गराए। तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे।
चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए। यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए।
त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए।