एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरूद्ध अफगानिस्तान निरीह बनेको छ।
शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभरमै अलआउट भएको हो।
अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनायो। बंगलादेशले जितका लागि ५० ओभरमा १५७ रनको झिनो लक्ष्य पाएको छ।
अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बाजले ४ चौका र १ छक्का प्रहार गरी ४७ रन बनाए। गुर्बाजले बनाएको रन नै इनिङको ठूलो स्कोर बन्यो।
गुर्बाज वंगलादेशका मुस्ताफिजुर रहमनको बलमा तान्जिड हसनबाट क्याच आउट भए।
२२ रन बनाएर अर्का ओपनर इब्राहिम जद्रान आउट भए। उनलाई शाकिब अल हसनल तान्जिबाटै क्याच आउट गराए। शाकिबले नाजिबुल्लाह जद्रान र मोहम्मद नावीलाई बोल्ड गरे।
मिराजको बलमा अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिद, रसिद खान र मुजिब उर रहमान आउट भए।
बंगलादेशले अज्मतुल्लाह ओमरजइले २२ रन, रहमत शाह र कप्तान हसमतुल्लाह शाहिदले १८/१८ रन बनाउँदा अन्यले ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशका शाकिब अली हसन, मेहदी हसन मिराजको उत्कृष्ट बलिङ गर्दै ३/३ विकेट लिए। त्यस्तै शोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए।