त्रिदेशीय टि-२० सिरिज अन्तर्गत नेपालले युएइविरूद्ध सुखद सुरूवात गरेको छ।
मुलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले तीन ओभरमै युएईको दुई विकेट लिएको छ।
नेपालले पहिलो ओभरमै पहिलो सफलता हात पारेको थियो।
पहिलो ओभर बलिङ गरेका सोमपाल कामीले ओभरको अन्तिम बलमा युएईका ओपनर खालिद शाहलाई रोहित पौडेलबाट क्याच आउट गराए।
लगत्तै ३.१ ओभरमा करण केसीले अलिशान सराफुलाई आशिफ शेखबाट क्याच आउट गराए ।
अहिले आशिफ खान र मोहम्मद वसिम ब्याटिङ गरिरहेका छन्। ५ ओभर सकिँदा युएई ३२ रन बनाएर खेलिरहेको छ।