त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ६ ओभरमा तीन विकेट गुमाएको छ।
५.६ ओभरमा ओपनर आसिफ शेख २० रन बनाएर आउट भएका हुन्। त्यसअघि सोमपाल कामी ८ रन र अर्का ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए।
अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गर्दैछन्। नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ४३ रन बनाएको छ।
नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ।
यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।