आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध दोस्रो विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाविरुद्ध नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे।
अर्को ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो।
मलेसियाले पावरप्ले (६ ओभर) मा १ विकेटको क्षतिमा ६० रन जोड्न सफल भयो।
समूह 'ए' मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।
नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।