पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।
शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४ विकेटले पराजित गर्यो।
एपिएफले दिएको १०२ रनको लक्ष्य घरेलु टिम गण्डकीले २ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
गण्डकीको जितमा मुस्कान थापाले २५ रन र दिनेश बुढामगरले २४ रन जोडेका थिए। बलिङमा एपिएफका अभिनास बोहराले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ १८.४ ओभरमा १०१ रनमै अलआउट भयो।
एपिएफका लागि कप्तान तथा ओपनर प्रदीप ऐरीले २० रन जोड्न सके। बलिङमा गण्डकीका विपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले २-२ विकेट लिए।