आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह 'ए' को खेलमा बंगलादेशले न्युजिल्यान्डलाई २३७ रनको लक्ष्य दिएको छ।
सोमबार पाकिस्तानको रावलपिन्डीमा टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रन जोड्न सक्यो।
बंगलादेशका लागि ओपनिङ ब्याटर तथा कप्तान नजमुल हुसेन सान्तोले ७७ रन बनाए। उनले ११० बलमा ९ चौका प्रहार गरे।
जकर अलीले ४५ रन बनाउँदा बंगलादेशका अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा न्युजिल्यान्डका मिकेल ब्रासवेलले ४ विकेट लिए। उनले १० ओभरमा २६ रन मात्र दिए।
यो समूहमा न्युजिल्यान्डले पहिलो खेलमा घरेलु टोली पाकिस्तानलाई हराएको थियो। बंगलादेश भने भारतसँग हारेको थियो।
बंगलादेशविरूद्ध खेल जिते न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुग्नेछन् भने पाकिस्तान र बंगलादेश बाहिरिनेछन्। बंगलादेश जिते मात्र पाकिस्तानको पनि अन्तिम चारको सम्भावना हुनेछ।