युगान्डामा सञ्चालन भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत हङकङले नेपाललाई रनको लक्ष्य दिएको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो।
हङकङका लागि ओपनर नताशा माइल्सले सबैभन्दा बढी ३५ रन बनाइन्। मारिको हिलले २१ रन बनाउँदा चाङ का यिङले १२ रन बनाइन्।
बलिङमा नेपालका इश्वरी विष्ट र कप्तान इन्दू बर्माले २-२ विकेट लिए।
यसअघि नेपालले दुई मध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ। शनिबार नामिबियासँग पराजित भएको नेपालले आइतबार घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो।
अब फेरि चार टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।