आइपिएल २०२५ अन्तर्गत लखनउ सुपर जाइन्टले कोलकता नाइटराइडर्सविरूद्धको खेलमा २३८ रन जोडेको छ।
कोलकताको इडन गार्डेनमा टस जितेको कोलकताले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा २३८ रन जोड्यो।
लखनउका लागि मिचेल मार्सले ४८ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ८१ रन र निकोलास पूरनले ३६ बलमा ७ चौका र ८ छक्काको मद्दतमा ८७ रन बनाए। पूरनले २१ बलमै अर्धशतक प्रहार गरेका थिए।
ओपनर एडिन मक्रमले २८ बलमा ४७ रन जोडेका थिए।
बलिङमा कोलकतका हर्षित रानाले २ विकेट लिए।
दुवै टोलीले यसअघिका चार खेलमा दुई दुई जित र हार ब्यहोरेका छन्।