बंगलादेश क्रिकेट बोर्ड (बीसिबी) ले अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड टी-२० सिरिज २०२५ को लागि बंगलादेश ‘ए’ टोलीको घोषणा गरेको छ।
बंगलादेश टोलीले सन् २०२४ पहिलो पटक यो प्रतियोगिता खेलेको थियो।
विकेटकीपर-ब्याट्सम्यान क्वाजी नुरुल हसन सोहानले टोलीको नेतृत्व गर्नेछन्। बंगलादेशको टोली ७ अगस्टको साँझ ढाकाबाट प्रस्थान गर्नेछ।
सिरिजमा नेपालले पनि भाग लिँदैछ। नेपालले बंगलादेश ‘ए’ सँग पनि खेल्ने तालिका छ। नेपाल र बंगलादेश ‘ए’ बीच १६ अगस्टमा प्रतिस्पर्धा हुनेछ।
नेपालले सिरिजमा बंगलादेशसहित पाकिस्तान साहिन्सा, घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकर तथा बिबिएलका तीन एकेडेमी टोलीसँग खेल्नेछ। नेपालले बिबिएलको दुई मेलवर्न टोली र होबर्ट हुरिकेन्ससँग खेल्न लागेको हो।
टप एन्ड टी-२० सिरिज २०२५ खेल्ने बंगलादेश ए टोली:
क्वाजी नुरुल हसन सोहान (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नईम, जिशान आलम, महिदुल इस्लाम भुइयाँ, यासिर अली चौधरी, अफिफ हुसैन ध्रुबो, तुफायल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नईम हसन, मुस्फिक हसन, रिपन मन्डोल, हसन महमुद।