ठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मछिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मछिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो ।
अन्तिम सेमिफाइनल खेलमा मछिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णाय गोल गरे । बैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पु¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए ।
निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।
हारपछि सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।