इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ।
बिहीबार राति शेफिल्डलाई ३-१ गोलले हराएर लिभरपुल शीर्ष स्थानमा फर्किएको हो। लिभरपुलको जितमा नुनेज,एलिस्टर र गाप्कोले एक एक गोल गरे।
५८ मिनेटमा ब्राड्लीले आत्मघाती गोल गर्दा नुनेजले १७ मिनेटमा गोल गर्दै दिलाएको अग्रता बराबरीमा पुगेको थियो। तर लिभरपुलका
एलिस्टरले ७६ र गाप्कोले ९० मिनेटमा गोल गरे। यता चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि ४-३ गोलको जित निकाल्यो।
पहिलो हाफमा दुवै टिमले दुई दुई को बराबरी खेलेका थिए। जसमा युनाइटेडका गर्नाचोले ३४ र फर्नान्डेजले ३९ मिनेटमा गोल गरेका थिए।
तर चेल्सीका गलाघेर र पाल्मरको गोलबाट सुरुवातमै अग्रता लिएको थियो। तर ६७ मिनेटमा गर्नाचोले गोल गरेपछि युनाइटेडले फेरि अग्रता लिए।
इन्जुरी समयको पहिलो मिनेटमा पाल्मरले पेनाल्टी र एघारौ मिनेटमा ह्याट्रिक पूरा गर्दा चेल्सीले रोमाञ्चक जित निकाल्यो।
लिगमा लिभरपुल ७० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको ६८ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अंक छ। युनाइटेड ४८ अंक जोड्दै छैटौं र चेल्सी ४३ अंक जोडेर दशौं स्थानमा छन्।