इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँढेका छन्।
आइतबार राति भएको खेलमा डियाजले २३ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो।
तर युनाइटेडका फर्नान्डेजले ५० मिनेटमा बराबरी गोल फर्काए।
६७ मिनेटमा माइनोले अर्को गोल गर्दा युनाइटेडले खेलमा अग्रता लिन सफल भयो।
८४ मिनेट लिभरपुलले पेनाल्टी पायो। जसमा सलाहले गोल गर्दै खेललाई बराबरी ल्याए।
लिगमा शीर्ष स्थानको आर्सनलको ७१ अंक छ।
शीर्ष स्थानमा उक्लने मौका गुमाएको लिभरपुलको पनि ७१ अंक नै छ।
म्यानचेस्टर सिटी ७० अंक जोड्दै तेस्रो स्थानमा छ।
युनाइटेड ४९ अंक जोड्दै छैटौं स्थानमा छ।