युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
रियलको मैदानमा भएको खेलमा सिटीले सुरुवाती अग्रता लिएको थियो।
दोस्रो मिनेटमा बर्नान्डो शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
आत्मघाती गोलको सहाराले घरेलु टिमले बराबरी गोल फर्कायो। १२ मिनेटमा सिटीका डियाजले आफ्नै पोस्टमा गोल गरेका थिए।
१४ मिनेटमा रोद्रिगोले गोल गर्दा रियलले खेलमा अग्रता लिन सफल भयो।
६६ मिनेटमा फोडेनले सिटीका लागि बराबरी गोल गरे।
७१ जिभार्डिओलले गोल गरेर सिटीलाई फेरि अग्रता दिलाए। तर ७९ औँ मिनेटमा भाल्भाडेले रियलका लागि बराबरी गोल गर्न सफल भए।
सिटी र रियलबीचको दोस्रो लेगको खेल अप्रिल १८ मा हुनेछ।