म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा लुटन टाउनमाथि ५-१ गोलको जित निकाल्दै सिटी शीर्ष स्थानमा पुगेको हो।
सिटीले आत्मघाती गोलको साहाराले अग्रता लियो।
लुटनका हाशिओकाले दोस्रो मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा सिटीलाई फाइदा पुग्यो। जसका कारण सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो।
दोस्रो हाफमा सिटीका लागि कोभाकिक, हाल्यान्ड, डोकु र जिभार्डिओलले गोल गरे।
जितसँगै सिटीले ३२ खेलबाट ७३ अंक जोडेको छ। ३१ खेलबाट ७१-७१ अंक जोडेका आर्सनल र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन्।