बायर लेभरकुजेन आफ्नो १२० वर्षको इतिहासमा पहिलो पटक जर्मनीको च्याम्पियन बनेको छ।
जाबी अलोन्सोको प्रशिक्षणमा रहेको टिमले वेर्डर ब्रेमेनलाई ५-० ले हराएपछि पाँच खेल बाँकी रहँदा जर्मन बुन्डेसलिगा उपाधि जित्यो।
लेभरकुजेनले ७९ अंक जोड्दै उपाधि जितेपछि फ्यानहरूले मैदानमै उत्रिएर खुसीयाली मनाएका थिए।
दोस्रो स्थानको बायर्न म्युनिख पाँच खेल खेल्न बाँकी रहँदा १६ अङ्कले पछि छ।
इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व मिडफिल्डर अलोन्सोले अक्टोबर २०२२ मा क्लब अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहँदा प्रशिक्षकको जिम्मेवारी लिएका थिए।
लेभरकुजेनको विजयले लगातार ११ उपाधि जितेको बायर्नको दबाब समाप्त भयो।
जर्मन फुटबलमा बायर्न बाहेक बुन्डेसलिगा जित्ने अन्तिम टोली सन् २०१२ मा बोरुसिया डर्टमन्ड थियो।
सिजनमा अपराजित अलोन्सोको टोलीले आफ्नो २९ खेलमध्ये २५ जित र चार खेल बराबरी खेलेको छ।