सी डिभिजन क्लब महावीरले अर्कै क्लबमा आवद्ध खेलाडीलाई राखेको भन्दै उजुरी दिएको छ।
जारी सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत आरसी ३२ ले मंगलबार सुमनबहादुर मगरलाई महावीर क्लबविरुद्धको खेलमा टिममा राखेको भन्दै उजुरी दिइएको हो।
महावीरको उजुरीमा आरसी ३२ ले बी डिभिजन क्लब झापा फुटबल क्लबका मगरलाई राखेको उल्लेख छ। म्याच रिपोर्टअनुसार उनी पहिलो रोजाइमा भने थिएनन्।
यद्यपी मगरले झापा फुटबल क्लबबाट रिलिज लेटर ल्याएको बुझिएको छ। तर फिफा कनेन्ट अनुसार ४८ घन्टा अघि दर्ता हुन सक्ने भएकाले मगर आजको खेलमा टिममा राख्न नमिल्ने महावीरको दाबी छ। उनको रिलिज लेटर बैशाख ४ गतेको मितिमा छ।
खेलमा महावीरमाथि आरसी ३२ ले १-० गोलको जित निकालेको थियो।
एन्फाको नियमअनुसार अर्को डिभिजन वा क्लबमा आबद्ध खेलाडी रिलिजबिना खेल्न सक्दैनन्।
तर पनि सी डिभिजन लिगमा बी डिभिजन लिग खेलेका खेलाडीलाई आबद्ध गराएको भन्दै विरोध भइरहेको छ।
आरसी ३२ र महावीरको म्याच रिपोर्ट
झापाको खेलाडी सम्झौता