आफूलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिवबाट हटाउने सरकारको निर्णयविरूद्ध रमेशकुमार सिलवालले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार सिलवालको रिट खारेज गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो।
२०७६ असारमा केपी शर्मा ओली सरकारले नियुक्त गरेका सिलवाललाई हटाएर सरकारले मंसिर १३ मा टंकलाल घिसिङलाई सदस्य सचिवको जिम्मेवारी दिएको थियो।
सिलवालको रिट खारेज भएसँगै अब घिसिङलाई काम गर्न बाटो खुलेको छ।