राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेश्की तथा बेरुजु फर्छ्यौट लागि कडा नीति अख्तियार गर्ने भएको छ।
राखेपले गठन गरेको पेश्की तथा बेरुजू फर्छ्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए।
कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेश्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ।
यस्तै बैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए।
विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेश्की रहेको भन्दै कार्यदलले फस्र्याैट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ।
यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।