अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म 'हर्ष' को कमाइ निराशाजनक देखिएको छ।
मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ९ दिनमा सिनेपाः बक्सअफिसमा २८ लाख २ हजार ३४६ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले मंसिर २० गतेसम्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको ८ हजार ४ सय २६ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
एकता पौडेल निर्देशित 'हर्ष' पारिवारिक फिल्म हो। फिल्ममा खगेन्द्र र वर्षाका साथमा सन्तोष पन्त, माओत्से गुरूङ, शर्मिला मल्ल, साइमन वादी, नीर शाह, लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय छ।