बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा शुक्रबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५८ रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
एक साता अघिको तुलनामा यो प्रतिकिलो १८ रूपैयाँ बढी हो।
एक साताअघि कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ३० देखि अधिकतम ४० रूपैयाँ किलोमा कारोबार भइरहेको थियो।
अहिले बजारमा गाजरको सिजन सकिन लागेकाले मूल्य बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।