बजारमा गोलभेँडाको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो, तराई सानो र टनेल गरी पाँच प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
शुक्रबार कालीमाटी बजारमा नेपाली र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ७० देखि अधिकतम ८० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, नेपाली सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ रूपैयाँदेखि अधिकतम ५८ रूपैयाँ र सानो टनेल गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ५५ देखि अधिकतम ७० रूपैयाँमा कारोबार भइरहेको छ।
दुई/तीन अघि कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम एक सय दश रूपैयाँ र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ७० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, नेपाली सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ७५ रूपैयाँदेखि अधिकतम ८५, भारतीय सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ५० र सानो टनेल गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ८५ देखि अधिकतम ९५ रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा गोलभेँडाको मूल्य घटबढ हुन्छ।
अहिले बजारमा मागभन्दा आपूर्ति बढी भएकाले गोलभेँडाको मूल्य सस्तिएको व्यवसायीहरू बताउँछन्।