बजारमा बन्दाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटीको तथ्यांक अनुसार शुक्रबार बन्दा प्रतिकिलो थोक मूल्य न्यूनतम २८ देखि अधिकतम ३५ रूपैयाँमा बिक्री भएको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो १९ रूपैयाँसम्म बढी हो।
एक साताअघि बजारमा बन्दा प्रतिकिलो थोक मूल्य न्यूनतम १० रूपैयाँदेखि अधिकतम १६ रूपैयाँमा कारोबार भइरहेको थियो।
अहिले बजारमा बन्दाको आपूर्तिभन्दा माग बढी भएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।
हाल काठमाडौंमा बन्दा भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर लगायतका क्षेत्रबाट आइरहेको छ।