बजारमा हरियो प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार सोमबार बजारमा हरियो प्याज प्रतिकिलो दुई सयदेखि दुई सय ४० रूपैयाँमा कारोबार भएको छ।
यो एक साताअघिको तुलनामा यो प्रतिकिलो न्यूनतम दश रूपैयाँदेखि अधिकत ३० रूपैयाँसम्मले बढी हो।
गत साता सोमबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो एक सय ९० देखि दुई सय दश रूपैयाँमा बिक्री भइरहेको थियो।
अहिले बजारमा हरियो प्याज मुख्यगरि भक्तपुरबाट आइरहेको छ।