बजारमा सुकेको प्याजको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा बिक्री भइरहेको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतिकिलो एक रूपैयाँ सस्तो हो।
आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३७ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।